१७ चैत २०७९, शुक्रवार

पर्वतको सुन्दरे खोलाले गाडी बगायो : तीन जना बेपत्ता

पहिरोले गाडी बगाउँदा कुश्मा नगरपालिका वडा नं ८ दोबिल्लामा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा एक इन्जिनियरिङ सहित ३ जना वेपत्ता भएका छन् ।

गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन्। अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन। अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो। बाढीले तीन वटा घर पनि बगाएको छ। खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *