४ चैत २०७९, शनिवार

पर्वतबाट गाडीसँगै बाढीले बगाएका दुईजनामध्ये एकको शव भेटियो !

कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१२ घर भएका ३५ वर्षीय इन्द्र चौधरीको शव चितवनको माडी नगरपालिका–१ मा रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नारायणी नदी किनारमा गत साउन दुई गते भेटिएको हो।

सुन्दरे खोलामा गत असार २२ गते राति करिब १० बजे आएको बाढीले मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सनमा कार्यरत दुईजनालाई कम्पनीको गाडीसहित बगाएर बेपत्ता पारेको थियो। बेपत्ता हुनेमा चालक चौधरी र इन्जिनियर राजाराम आचार्य हुन्। आचार्यको अवस्था भने अझैसम्म पनि अज्ञात रहेको डिएसपी बुढाथोकी बताउँछन्।

बाढीले मान्छेसहितको गाडी बगाएको थाहा पाएपछि सुरक्षाकर्मीले २२ गते राति नै गाडी र बेपत्ताहरूको खोजी थालेका थिए। गाडी असार २३ मा मोदी खोलामा भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *