१६ चैत २०७९, बिहिवार

पर्वतमा एक पुरुषको कोरोना संक्रमणका कारण निधन !

पर्वतमा थप एक पुरुषको कोरोना भाईरसको संक्रमणका कारण निधन भएको छ ।

जिल्लाको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानका ९५ वर्षिय कोभिड संक्रमित पुरुषको निधन भएको हो । उहाँको सोमवार होम आइशोलेशनमै मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उहाँमा गएको आइतवार मात्र संक्रमण पुष्टि भएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *