५ चैत २०७९, आइतवार

पहिरोका कारण जोमसोम काेरला सडकखण्ड अवरुद्ध !


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानाको ढुङ्गाखानीमा गएको पहिरोका कारण बेनी जोमसोम काेरला सडक खण्ड अवरुद्ध बनेको छ ।

सडकभन्दा माथि रहेको उक्त ढुङ्गाखानीबाट माटो सहितको सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अवरुद्ध बनेको बेनी जोमसोम काेरला सडक खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनु भयो । सडक माथि ठूलो क्षेत्रफल जमिनमा पहिरो चलेको छ । स्थानीय प्रहरी र कोरोला सडक आयोजनासंग समन्वय गरि सडक खुलाउन प्रयास गरिएको छ ।

सडक माथिबाट निरन्तर ढुङ्गा झरिरहेको कारण सडक खुलाउन समेत समस्या भएको सुपरभाइजर शेरचनले बताउनु भयो । “पहिरो खुलाउन जेसीभि तयारी अवस्थामा राखेका छौं ! पानी र पहिरो चल्न रोकिना साथ हामी सडक खुलाउन सुरु गर्छौं” शेरचनले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *