१६ चैत २०७९, बिहिवार

पहिरोमा परि दुईजनाको मृत्यु !

अविरल वर्षातका कारण पहिरो खस्दा चितवनमा दुईजनाको मृत्यु भएको छ । चितवनको पहाडी भेगमा पहिरो खस्दा अन्य तीनजना वेपत्ता भएका छन् ।  राप्ती नगरपालिका १२ स्थित पर्खाल भन्ने स्थानमा पहिरोले दुईवटा घर पुरेको हो ।

पहिरोले घर पुरिदा वेपत्ता चारजनामध्ये एक जनाको शव फेला परेको छ ।  घटनास्थलभन्दा पचास मिटर तल पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको  छ । 

उनको सनाखत हुन सकेको छैन । घटनामा परी अन्य तीनजना वेपत्ता छन् । घरमाथिबाट खसेको पहिरोले एउटा गोठ पनि बगाएको छ । घरसहितगोठ पनि बगाउँदा १६ वटा गाई र गोरु पनि बगेका छन्। त्यती नै संख्यामा बाख्रा पनि लगेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

त्यस्तै कालिकानगरपालिका वडा नम्बर ११ दानेटार बस्ने करिब ५१/५२ वर्षीय ज्ञानबहादुर चेपाङको मृत्यु भएको छ । बिहीबार  दिउँसो दुई बजे आफन्तको घरजाने क्रममा पहिरोले वेपत्ता पारेको हो । ज्ञानबहादुरको शव पहिरोले बगाएको स्थानदेखि करिब एक किलोमिटर तलघैयावारीस्थित खोलाको छेउमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए । 

बिहीबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चितवन राप्ती न.पा.९ लालपुर बस्ने ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको मृत्यु भएको हो । आफ्नै घर नजिक रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर घाइते श्रेष्ठको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *