भोलिको पल कस्तो हुन्छ थाहा छैन् कसैलाई
भेट हुँदा सबै मिली रमाइलो गरौँ बरिलै ।
विगतका वर्षहरु जस्तै यस वर्ष पनि “प्रवासमा चेली” र ; “विधाताले” तीज गीत बजारमा आउने तयारीमा रहेका छन् । लोक संस्कृतिको जगेर्ना गर्दै आएकी कवयत्री एवम् गायिका अम्बिका भण्डारीले यस बर्ष पनि तीज गीतको छायांकन पनि भैसकेको छ उनका एक दर्जनभन्दा बढि तीज गीतहरु बजारमा आईसकेका छन्।
त्यसैगरि उनका पाँच ओटा साहित्यिक कृतिहरु समेत प्रकाशित भैसकेका उनी सङघर्षशील नारी हस्ताक्षरमा चिनिन्छिन् । गायिका भण्डारी सप्तरङगी साहित्य समाज नेपाल गण्डकीको प्रदेशको अध्यक्ष समेत हुन् ।
नारी प्रतिभावाङमय प्रतिष्ठानको उपाध्यक्ष र धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनी ऋिषिराम रानाभाट साहित्य पुरस्कार र लोक कवि अलिमियाँ प्रोत्साहन पुरस्कार समेत प्रप्त गरिसकेकी गायिका भण्डारीले ४० भन्दा बढि सम्मान प्राप्त गरेकी छन्।
त्यस्तै कवि एवम सर्जक विमला ढुङगाना निराैलाका दस ओटा गीतहरु रेकर्ड भैसकेका छन् भने ६ साहित्यिक कृतिहरु समेत प्रकाशित भएका छन् । एक गीतिएल्वम् समेत बजारमा ल्याइसकेकी निरौला बाल साहित्यमा कलम चलाउन रुचाउँछिन् ।
अन्तराष्ट्रीय नेपाली साहित्यिक समाजको केन्द्रीय सचिव रहेकी निरौला विभिन्न साहित्यिक तथा सामाजिक क्षेत्रमा समेत आवद्ध रहेकी छन् ।
गायिका गायत्री पराजुलीको “युकेमा गए” र “जमना अनुसार” तीज गीत बजारमा केही वर्ष अगाडि आईसकेका छन् भने उहाँ लोकवार्ता परिषद नेपाल र सप्तरङ्गी साहित्य समाज गण्डकी प्रदेश आवद्ध हुनुहुन्छ ।
नमस्ते पोखरामा रेकर्ड गरिएका यी गीतहरुको छायांकन सुरेश भुर्तेल, श्रीङ्गार सुनिता अधिकारि र शिवराजा भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ ।
एल्बम: प्रवासमा चेली”
स्वर/ लय: अम्बिका भण्डारी
शब्द: विमला ढुङगाना निराैला
एल्बम: “विधाताले”
शब्द/लय: अम्बिका भण्डारी
स्वर: अम्बिका भण्डारी र गायत्री पराजुली