१६ चैत २०७९, बिहिवार

प्रेम-पत्र !

रमेश गुरुङ

प्रीय सानी,
आज म हिँड्दै गर्दा बाटोमा भेटिएको फूलले मेरो मनमा तिम्रो यादको वेग अझै बढाएर लगेको छ ।मलाई त्यही साँझको याद आयो जुन साँझ हामी जुनको उज्यालोमा हिँडिरहेका थियौँ अनि हामी एक अर्काको अङ्गालोमा बेरिएका थियौँ । अङ्गालोमा बेरिएका थियौँ र मलाई विश्वको सर्वोच्च शिखर सगरमाथामा छोएको आभाष भएको थियो । हिँड्दै गर्दा मैले भनेको थिएँ तिमी फूल जस्तै कोमल र सुन्दर छौ, सानी …..।

एक आकर्षण र वासना बनेर बसेको छ। प्रेम पात्र बदलिरहन्छन् अनि खनिरहन्छन् हजार कुवाहरु जहाँ मात्र माटो पाइन्छ, पाइँदैन प्रेम जल

तिमीले अलि झर्किँदै जवाफ फर्काएकी थियौ “म फूल जस्ती छैन र ओलिएर जाने फूल जस्तो बन्नु पनि परेको छैन । जो अर्कैका लागि फुल्यो, सुगन्ध दियो र भवँराको लात खाएर झर्‍यो ।” तिम्रो कुराले विक्षिप्त भएर केहीबेर तिम्रो अनुहार हेरिरहेँ, कतिखेर परेलीको डिलबाट आँसु भरिएर खसेछ पत्तै पाइनँ । तिमी पनि बोलिनौ, मैले पनि त्यति बेला भन्न सकिन “होइन होइन तिमी झर्ने वाला होइन, भवँरालाई मार्ने वाला फूल सुनगाभा जस्ती छौ।” ” हो इन्सेक्ट किलर सुनगाभा।” तिमी मान या नमान मेरा निम्ति तिमी फूलनै हौ, मेरो मनको बगैंचामा फक्रीएकी फूल । यहाँ कोही भवँरा आउँदैन तिमीसँग लोप्पा खेल्न अनि तिमीले झर्नु पनि पर्दैन नत ओइलिनु नै पर्छ । मेरो मनमा सिर्फ तिमी मात्रै छौ, अझै भनौं तिम्रै राज चल्छ यहाँ, त्यसैले म भन्छु तिमी मेरि मनकी रानी हौ।
सानी ! हाम्रो मित्रता लामो भै सक्यो र गहिरो पनि । म तिमीलाई प्रेमिकाको नजरमा हेर्छुभन्दा तिमीले भनेकी थियौ नि कस्तो प्रेम ? अब प्रेम प्रेम रहेन । एक आकर्षण र वासना बनेर बसेको छ। प्रेम पात्र बदलिरहन्छन् अनि खनिरहन्छन् हजार कुवाहरु जहाँ मात्र माटो पाइन्छ, पाइँदैन प्रेम जल । यस्ता क्षणिक सौन्दर्यले मोहित भएका वासनाहरु क्षणिक नै हुन्छन् जससले मृत्युसम्मको साथ दिनै सक्दैनन् र मोवाइलको ब्लक लिस्टमा पुगेर सकिन्छन् । यस्तो सम्बन्ध हुनुभन्दा नभएकै वेश होइन र ? त्यो अवस्था आए हाम्रो यो मित्रता पनि टुट्ला नि ! धेरै लोभ नगर …।

प्रेम र यौनमा एक रोज्नु पर्ने भयो भने म सहजै प्रेम रोज्नेछु र कुरा रह्यो ब्लकको । शुरुमा तिमीसँग किशोरावस्थाको प्रेम भयो । अझ तिम्रो भाषामा भन्नूपर्दा अनलाइन प्रेम भयो ।
कस्तो प्रेम ? भन्न मन थियो अँ सुनन शङ्कर लामिछानेले शिरिषको फूलमा लेखेको भूमिका जस्तै प्रेम गर्छु मैले तिमीलाई म । उनले लेखेका छन्: “म पारिजातलाई प्रेम गर्छु ! कसोकसो बहिनीभन्दा बढीनै… सायद प्रेमीका जत्तिकै, जोसँग आत्मिय सङ्सर्ग होस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । यौनलाई न अङ्गालेर यदि प्रेमको चरम सीमाको (अर्गाजम) कल्पना यदि सम्भव छ भने मैले उससलाई गरेको प्रेमको परिभाषा यति मात्र हुन सक्ला।” तर मैले त्यसो भन्दिन म त्यति पाखण्डी पनि छैन आँखाभरि तिम्रा एकजोर स्तन र नितम्बलाई लिएर यौनलाई नकार्ने हिम्मत ममा छैन। यौन र प्रेममा म यति चाहिँ स्पस्ट छु कि अरुका निम्ति केहो म जान्दिन तर मेरा निम्ति यौनका निम्ति गहिरो प्रेमको जरुरी छ । प्रेममा यौन अनिवार्य भने हुँदैन र प्रेम बिनाको यौन ब्यर्थ हो । विपरीत लिङ्गिकाप्रति सीमा निर्धारण गर्न कठिन छ तर तिमिलाई नै थाहा छ नि यौनको कुरामा एक जनाको चाहनाले केही हुँदैन । दुबैजनाको सहमति चाहिन्छ । यो जवानीमा तिमीले यौनलाई नकार्छौ जस्तो मलाई लाग्दैन । यो फरक कुरा हो कि समयको काल खण्डमा तिम्रो प्रेम र यौनमा एक रोज्नु पर्ने भयो भने म सहजै प्रेम रोज्नेछु र कुरा रह्यो ब्लकको । शुरुमा तिमीसँग किशोरावस्थाको प्रेम भयो । अझ तिम्रो भाषामा भन्नूपर्दा अनलाइन प्रेम भयो । बिस्तारै तिमीप्रतिको मेरो झुकाव, समर्पण बढ्दैजादा छुट्नै नसक्ने प्रेममा परिणत हुन पुग्यो । त्यसैले मेरो आजको प्रेमलाई तिम्रो ब्लक लिष्टले कुनै फरक पार्न सक्दैन । फेसबुक, इमो अनि मोवाइलहरुमा ब्लक भएर के हुन्छ र ? मेरो मनभित्र कैद भैसकेकी तिमीलाई संसारले ब्लक गरेपनि तिमीप्रतिको समर्पण र लगाव छुटाउन र टुटाउन सक्दैन । तिमीले चाहे फेसबुक, इमो, मोवाइलबाट मेट्न सक्छौ तर मेरो मनबाट तिमी आफूलाई कसरी मेटाउछौ ?

प्रेमले जो अनन्य छ, जो जगत हो, त्यसलाई जोड्दछ । ज्ञान र धर्मको अनुशरण गर्दै जादा मानिसको चेतना उन्नत हुन्छ र अन्तत: अनाहत नामको हृदय चक्र खुल्छ
सानी म यही बुझेर नै तिमीलाई प्रेम प्रस्ताव राख्दै छु कि प्रेम मात्रै एउटा यस्तो द्वार हो जसबाट हामी आफूलाई अँध्यारो संसारबाट बाहिर निकाल्न सक्दछौं । सुखको अनन्त यात्रा गर्न सक्दछौँ । प्रेमले जो अनन्य छ, जो जगत हो, त्यसलाई जोड्दछ । ज्ञान र धर्मको अनुशरण गर्दै जादा मानिसको चेतना उन्नत हुन्छ र अन्तत: अनाहत नामको हृदय चक्र खुल्छ । यो चक्र खुलेपछि सर्तरहित प्रेमको झल्को मिल्न थाल्दछ । तिमीप्रतिको मेरो प्रेम हृदय चक्रको प्रेम हो किनभने यो स्वार्थ रहित र सर्त रहित छ।
कहिलेकाहीँ कस्तो भैदिन्छ भने तिम्रो सम्झनाले मात्र पनि मनमा उर्जा भरिदिन्छ । खुशीले मन गदगद हुन्छ र जीवन अर्थपूर्ण लाग्दछ । तिमीले पनि मलाई प्रेम नगर्ने कहाँ हौ र ? तिमीले रेडवाइन प्यालामा खन्याइरहदा मैले तिम्रो मुहारमा प्रेम र सन्तोषको आभा नजिकबाट देख्न पाएको छु, महसुस गर्न पाएको छु ।

एउटा कुरा तिमीलाई भनू सानी ? काठ फोरेर गुँड बनाउने भवँरा कमलको फूलभित्र कैद हुँदा निरउपाय हुन्छ रे ! फूलको कोमलता भेदन गर्न नसकिने हुँदो रहेछ । त्यसै गरि प्रेमको अदृष्य बन्धन चुडाउँन नसकिने हुन्छ । आत्मा एक भएर पनि शरीर दुई भयको कारण हामीलाई जोड्न अस्तित्वले सिर्जना गरेको विधान हो सायद प्रेम । बन्धन हो भन्छन् प्रेम । तर बन्धन भयर पनि कति प्रीय र लोभ लाग्दो हुन सकेको । सबै बन्धनहरुबाट उम्किन मन लाग्छ तर प्रेमको बन्धनमा झन बाँधिन मन हुन्छ हरेक प्रेमिल जोडीहरुलाई ।

खैर मैले पाउनुलाई मात्र प्रेम भनेको पनि छैन तर पाएँ भने सुनमा सुगन्ध हुने छ । यहाँ प्रेम सुन र तिमी सुगन्ध हौ । तिमीले मलाई प्रेम गर्ने नगर्ने सबै तिम्रो हातमा छ । मनको बह धेरै पोख्यो भन्ने नसोच्नु ! मात्र एउटा बह बिसाएर बिदा माग्दछु:  "भगवानसँग तिमीलाई माग्न नागी बराह गएको म आफूलाई तिमी नमागी फर्किएँ, मागेंत तिम्रो लागि असल जीवनसाथी । र, त्यहीदिनदेखि मैले प्रण गरेँ कि अब म एक असल मान्छे, असल साथी र असल जीवनसाथी बन्नू छ ।
                                              प्रेमिल मन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *