८ चैत २०७९, बुधवार

बागलुङ पश्चिमलाई छुट्टै जिल्ला बनाउन माग !

राष्ट्रिय सभा सदस्य शान्तिकुमारी अधिकारी जिसीले बागलुङ पश्चिमलाई छुट्टै जिल्ला बनाउन माग गरेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा विकास निर्माणमा सधैँ उपेक्षामा परेको भन्दै उनले छुट्टै जिल्ला बनाउन माग गरिन् । ‘जनताले पीडा बोध गरिरहेका छन्। सरकारको अवस्था फेरिपनि जनताको अवस्था फेरिएको छैन,’ उनले भनिन्, ‘विकास र समृद्धितर्फ सधैँ उपेक्षा पार्न खोजिनु । राष्ट्रिय पन्चायतमासमेत जनताले छुट्टै जिल्ला माग गरेका थिए । अहिले सरकारले संविधान संशोधन गरेर भएपनि छुट्टै जिल्ला घोषणा गरोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *