१६ चैत २०७९, बिहिवार

“बादरहरुको निश्चित भेष हुँदैन”

दामोदर अर्याल

हाे नानी !
तिमीले ठिकै भन्यौ,
“छेपारा जस्तै मौसमी रङ्ग बदल्ने बादरहरुको निश्चित परिवेश हुँदैन”
त्यसैले त !
तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ,
हो नानी !
तिमिले ठिकै भन्यौ,
“बादरहरुको निश्चित भेष हुँदैन”
त्यसैले त !
तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरी चेलीहरुकाे प्रतिनिधित्व गर्दैन ।
हो नानी !
तिमीले ठिकै भन्यौ,
“बादरहरु खेती गर्दैनन् “
त्यसैले त !
तिमीले अर्काले बनाएको घरमा ढलिमलि गर्न पाएकी छौ ।
हो नानी !
तिमीले ठिकै भन्यौ,
“कर्मको कुटाे नलगाउने ती बादरहरु”
त्यसैले त !
तिमी दरवारमा नाचगान गरिरहँदा ती बादरहरु जनताको घरझुपडीहरुमा चेतनाको दियो बाल्दै हिँडथे ।
हो नानी !
तिमीले ठिकै भन्यौ,
ती सङ्गठन बनाउनेहरु बादरै हुन् ।
तिम्रो पो घरजम छ र ! ती त बेवारिसे हुन् ।
हो नानी !
तिमीले ठिकै भन्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *