दिपसागर पौडेल / साउन ४
पर्बत जलजला गाउपालिका लेखफाँट स्थित ४६ बर्षिय दुर्गा देवी सुबेदी बिगत चार महिना देखि बेपत्ता भएकी छन् . गत बर्ष फाल्गुन १६ गते ७ बजे घर बाट निस्केकी सुबेदी नागी भन्ने ठाउँमा पुगेको एक जना स्थानीय शिक्षकले देख्नु भएको छोरी कमला सुबेदीले बताईन ।
शारीरिक र मानसिक अवस्था सन्तुलन भएकी तर के कारण एक्कासी परिवार बाट टाढा हुनु भयो, यहिले सम्म कुनै तथ्य यकिन नपाएको छोरी कमला सुबेदी ले बुलबुल अनलाइन लाइ बताईन. गत फाल्गुन देखि हराएर लेखफाँट प्रहरी चौकीमा निबेदन आए संगै खोजि कार्य तिब्र रुप मा अगाडी बढाईएता पनि यहिले सम्म कहिँ कतै जानकारी मा नआएको जलजला प्रहरी चौकी लेखफाँटले जनाएको छ ।
आफ्नो जन्म दिएकी आमा एक्कासि हराउदा आफन्त, नागरिक समाज, सञ्चार माध्यम , पत्रकार , मानब अधिकार कर्मी, महिला अधिकार कर्मी, बुद्धिजिबी,लगायात सम्पूर्ण मा खोजि कार्य लाई अगाडी बढाईदिनु हुन सबै लाइ अपिल गरेकी छन्, साथै कहिँ कतै फेला परेमा सम्पर्क नं ९८४५३७११५१ मा खबर गरिदुनु हुन छोरी सुबेदीले अनुरोध गरेकी छन् ।