#असार ५, पर्वत
आफ्नो बाबुको स्मृतिमा एक परिवारले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पर्वत जिल्ला, माेदी गाउँपालिका वडा नँ ६तिलाहार थामर्जुङ् निवासी स्वर्गीय सुवेदार खड्ग बहादुर खत्रीको स्मृतिमा उहाँको परिवारजनले तिलाहार स्थित स्वास्थ चाैकीका लागि वेड सेट, स्यानिटाईजर तथा माक्स वितरण गरेका हुन् ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा मृतक खत्रीले समाजसेवामा गरेको याेगदानकाे चर्चा गरिएको थियो । उनले नेपाली काँग्रेस गाउँ कमिटीका सभापति भएर गरिरहेका कामको पनि स्मरण गरिएको थियो । मृतक खत्रीको श्रीमती टिकादेवी खत्री, छाेरा विकास खत्री तथा छाेरीहरु विमला, पूजा, वसन्ती, लक्ष्मी खत्रीहरु पाेखरामा रहेर पनि आफू जन्मे हुर्केको गाउँ तिलाहार स्थित स्वास्थ चाैकीका लागि वेड सेट,स्यानिटाईजर तथा माक्स वितरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
सोही कार्यक्रममा राम्जा ठाँटी घर भई हाल डिमुवामा बस्दै आईरहनुभएकाे शारीरिक अपांग डम्बर लामिछानेलाई १सेट ह्विल चियर तथा नगद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मिना के.सी., देउपुर तिलाहार रेडक्रस सभापति समाजसेवी दिपेन्द्र जङ्ग लामिछाने, तरुण दल पालिका सँयाेजक निर्देश लामिछाने, समाजसेवी मानबहादुर खत्री लगाएतकाे उपस्थिति रहेकाे कार्यक्रममा स्वर्गीय खत्रीको याेगदानकाे चर्चा परिचर्चा गर्दै समाजसेवी दिपेन्द्र जङ्ग लामिछानेले स्वास्थ्य चाैकी तथा अपांग ब्यक्ति का लागि वितरित सामग्रीको समुचित प्रयाेग तथा आगामी दिनहरुमा पनि सहयाेगी दाताहरुवाट सँस्थागत आशा र अपेक्षा सहित आभार ब्यक्त गर्नुभएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष स्वास्थ्य चाैकी ईन्चार्ज मिठुलाल सि.के ले स्वास्थ्य चाैकिकाे विगत देखि वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियोे । स्वास्थ्य चाैकी ईन्चार्ज सि.के.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन प्र.ले.स.पर्वतका अध्यक्ष किशोर मनस्वीले गर्नुभएको थियो ।