१५ चैत २०७९, बुधवार

बेनी जोमसोम सडकखण्ड अवरुद्ध !

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

गए रातीदेखि परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना तथा म्याग्दी र मुस्ताङको सिमाना काभ्रे भीरमा सडक अवरुद्ध भएको हो ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामकुमार दानीका अनुसार काभ्रेमा सडकभन्दा माथिबाट ठूलो चट्टान खसेर सडकमा बसेकोले खुलाउन समय लाग्ने देखिएको छ । रुप्से र काभ्रेभीर दुवै स्थानमा सडक खुलाउनका लागि प्रयास गरिए पनि वर्षातले गर्दा काम गर्न समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी (इन्सपेक्टर) वीरेन्द्रराज गुरुङका अनुसार उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, गलेश्वर, अन्नपूर्ण गाउँपालिका–३, म्याग्दीको काभ्रे गाउँको तल पर्ने सडकको जमिन भासिएर तथा काभ्रे भीरमा माथिबाट आएको ढुङ्गाले सडक अवरुद्ध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *