१६ चैत २०७९, बिहिवार

भ्रुण हत्या आरोपमा बागलुङ जैमिनीका देवर भाउजु विरुद्ध मुद्दा !


जिल्ला प्रहरी कार्यालय बागलुङले भ्रुण हत्याको आरोपमा बागलुङ जैमिनी नगरपालिका—१० राङ्खानीका देवर भाउजु विरुद्ध मुद्दा चलाएको छ । 
गत साउन ३ गते घर नजिकै जमिनमा गाडिएको अवस्थामा चार महिनाको भ्रुण शिशुको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले २६ वर्षीया सम्झना नेपालीलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा सम्झना नेपाली र र गाउँकै देवर नाता पर्ने ३१ वर्षे लालबहादुर सार्कीको संलग्नता देखिएकाले उनीहरु विरुद्ध भ्रुण हत्या आरोमा जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी इकबाल हवारीले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *