१७ चैत २०७९, शुक्रवार

मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण !

म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना र सम्बन्धीत वडा अध्यक्षद्धयको उपस्थितीमा  मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले गत बर्षको बाढी–पहिरोबाट विस्थापित पीडित परिवारका लागि मोनाको अभियानमा घर निर्माण हुनु उदाहरणिय काम भएको भन्दै मोना लगायत प्रवासमा रहेका सबै म्याग्दीलीलाई धन्यवाद व्यक्त गर्नुभयो । बाढी पहिरोबाट विस्थापित २७ घर मध्य विपन्न परिवारको आवास निर्माणको लागि मोेनालाई सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य विस्थापित परिवारको घर निर्माण भइरहेको छ ।

मोना आईईसीको अगुवाइमा सबै राष्ट्रिय कार्यसमितिबाट आर्थिक रकम संकलन गरेर स्थानीय र प्रशासनको समन्वय तथा सहकार्यमा जिल्लामा बाढी पहिरोबाट विस्थापित मध्य ४० परिवारको आवास निर्माण गरिएको बताउनुभयो
मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले गत बर्ष अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराएको बताउनुभयो । उहाँले मोना आईईसीको अगुवाइमा सबै राष्ट्रिय कार्यसमितिबाट आर्थिक रकम संकलन गरेर स्थानीय र प्रशासनको समन्वय तथा सहकार्यमा जिल्लामा बाढी पहिरोबाट विस्थापित मध्य ४० परिवारको आवास निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार जग्गाको व्यस्थापन स्थानीय तहले गरेका थिए । ५ लाख रुपैयाँँ लागतमा प्रति घर निर्माण भएको उहाँको भनाई छ । मोना आईईसीको अगुवाईमा संचालित अभियानमा आर्थिक सहयोग गर्ने राष्ट्रिय कार्यसमिति ,विभिन्न देशमा रहेका म्याग्दीलीहरुलाई अध्यक्ष जुग्जालीले धन्यवाद व्यक्त गर्नुभयो । मंगला गाउँपालिका वडा नम्बर २,सल्यानका खडानन्द पाध्या ,दुरुङका धनबहादुर दर्जी सोही गाउँपालिका वडा नम्ब ५, अर्मनमा दुर्गादत्त कंडेल र किमचौरका लक्षुमन पुनलाई घर हस्तान्तरण गरिएको हो ।
मोना अन्तर्राष्ट्रिय कार्यसमितिका सचिव रमेश पौडेलका अनुसार मंगला गाउँपालिका वडा नम्बर २,सल्यानका खडानन्द पाध्या ,दुरुङका धनबहादुर दर्जी सोही गाउँपालिका वडा नम्ब ५, अर्मनमा दुर्गादत्त कंडेल र किमचौरका लक्षुमन पुनलाई घर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना ,वडा नम्बर २ का अध्यक्ष धनबहादुर खाती र वडा नम्ब ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीले आवास निर्माणको लागि मोना संगै प्रवासमा रहेका म्याग्दीलीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *