मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि निम्न ९ पुस्तकहरू छनौट गरेको छ। यस प्रयोजनका निम्ति गुठीलाई कूल २२२ पुस्तकहरू प्राप्त भएका थिए। यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो। छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ।
छनौट भएका पुस्तकहरू अकारादि क्रममा-
- एकलव्यको देब्रे हात
- करिया - कल्प-ग्रन्थ
- नृत्याक्षर विज्ञान
- फिलिङ्गो
- फुलाङ्गे
- मोक्षभूमि
- रमिते
- लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)