१६ चैत २०७९, बिहिवार

माधव पक्षीय १९ सांसदको एउटै स्वर: सरकारमा जाऔं !



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षिय सांसदहरुले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन्।

बुधबार नेता नेपालसँगको छलफलमा सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका हुन्। सांसद मेटमणि चौधरीले छलफलमा सहभागी सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए। जवाफमा नेता नेपालले सबै सांसदहरुलाई ओलीको झुटो आश्वासनमा नफस्न सचेत गराए।
नेपालले सबैको राय सल्लाह मुताबिक नै आफू अगाडि बढ्ने बताएको सांसद चौधरीले जानकारी दिए। एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् ।
तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । बैठकमा एमाले संसदीय दलको नेताबाट ओलीलाई हटाउनुपर्ने कुरा पनि उठेको एक नेताले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *