२० मंसिर २०७९, मंगलबार

माया निर्भीकको गजल

✍️माया निर्भीक
पोइली घर श्रीमानको माइतीघर बाआमाको हो
कोहि नभन्नुहोला यो छोरी कुल घरानाको हो ।

मेरो ठेगाना खोज्दै खोज्दै कोहि म सम्म पुग्यो
मलाई अझैसम्म थाहा छैन म कहाँको हो ।

हतारमा आयौ दिलमा आराम गर्न पनि मानेनौ
ए दिलको मान्छे, तिम्रो यात्रा कति टाढाको हो ?

मलाई जिउँदा मान्छेहरुसँग बहुत डर लाग्छ
यो भनाइ घाटमा जलिरहेको एक मुर्दाको हो ।

समाल्न सकिएन भने भोलि टुक्रीएर जानेछ
तपाई बुझ्नुहोला यो दिल पनि शिशाको हो ।
© कालिकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *