जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् ।
यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्म ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । जेलमा रहेका रेशम चौधरी पनि निर्वाचन आयोगमै उपस्थित भएर यादवका पक्षमा हस्ताक्षर गर्ने भएका छन् भने ठाकुर खेमामा रहेका मनिष सुमन पनि यादव पक्षमा खुलिसकेका छन् ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।