१४ जेठ २०८०, आइतवार

युवा वैज्ञानिक पुरस्कारका लागि बानियाँ मनोनित !


हेटौंडा–५ का निश्चल बानियाँलाई युरोपियन विज्ञान सम्मेलनले युवा वैज्ञानिक पुरस्कारका लागि मनोनित गरेको छ । बागमती युनेस्को क्लबका अध्यक्ष समेत रहेका बानियाँ दोश्रो पटक युवा वैज्ञानिक पुरस्कारका लागि मनोनियित भएका हुन् । युरोपेली विज्ञान सम्मेलन (यूरो सायी कन) ले बानियालाई यो उपाधिका लागि मनोनयन गरेको हो । १५ नोभेम्बर, २०२१ मा बेलायतको लन्डनमा आयोजना हुने वार्षिक रिसाइक्लिङ सम्मेलनमा यो पुरस्कार प्रदान गरिने छ । कार्बन क्याप्चर टेक्नोलोजीको क्षेत्रमा अनुसन्धान उत्कृष्टताको लागि उनलाई मनोनित गरिएको हो ।
२२ बर्षिया बानियाँ चीनको झेजियांग युनिभर्सिटी अफ टेक्नोलोजीमा केमिकल इन्जिनियरिङ एन्ड र टेक्नोलोजीको स्नातक तहका विद्यार्थी हुन् । पढाईको साथै उनी जैविक रसायन विज्ञान, झेजियांग युनिभर्सिटी अफ टेक्नोलोजीको प्रयोगशालामा अनुसन्धान बैज्ञानीकको रुपमा कार्यरत छन् । यसबाहेक, उनी संयुक्त राज्य अमेरिकाको वल्र्ड एकडेमी अफ साइन्टिस्ट एन्ड प्रोफेस्नल्सद्वारा सञ्चालन गरिने प्रतिष्ठित उत्तरी अमेरिकी एकेडेमिक रिसर्च जर्नलमा सम्पादकीय सहायकको रूपमा पनि काम गरिरहेका छन् ।
बानियाँलाई यस अघि पनि सिंगापुरबाट मिटिंग्स इन्टरनेसनलले अनुसन्धान वैज्ञानिकको रूपमा रासायनिक इन्जिनियरिङको क्षेत्रमा समग्र योगदानका लागि युवा वैज्ञानिक पुरस्कारबाट सम्मानित गरेको थियो । बानियाँ अहिले नेपाली विद्यार्थीहरुलाई आफ्नो संस्था बागमती युनेस्को क्लब मार्फत वैज्ञानिक अनुसन्धान गतिविधिमा संलग्न गराउन कोशिस गर्नुका साथै केहि नेपाली विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धान क्षेत्रमा परियोजना बनाउन र थेसिस गर्न सहयोग गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *