१७ चैत २०७९, शुक्रवार

रोकिएन कालिगण्डकीमा बालुवा चोरी निकासी !

कालिगण्डकी नदीमा बालुवाको अबैध रुपमा चोरी तथा निकासी भएको छ । कालिगण्डकी नदी किनार बेनी नगरपालिका १ मा पर्ने आनन्दबगर, सारेमारे र ढोडेनिखोलामा इस्काभेटर को प्रयोग गरेर बालुवाको चोरी तथा निकासी भएको हो ।

म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन र चोरी निकासी भएको छ । बेनी–१ को आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको जिल्ला प्रहररी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक स्यामकुमार राईले बताउनु भयो । सर्वाेच्च अदालतबाट २०७८ साल अषाढ २९ गते प्रधानन्याधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा कालिगण्डकी नदी विश्वकै पवित्र नदी रहेको र कालिगण्डकी नदीमा भैरहेको नदी दोहनले शालिग्राम चोरी निकासी तथा गिट्टी, बालुवा कालिगण्डकीको सौन्दर्यलाइ नै असर पर्ने गरी नदीको प्राकृतिक बहावलाइ परिवर्तन गर्ने, ड्याम बनाउने, जस्ता कार्यहरु बन्द गर्न लगाउने अन्तरिम आदेश जारी भएको थियो । तर उक्त आदेशको समेत अवज्ञा गरी तस्कर हरुले कालिगण्डकी नदी दोहन गरिरहेका छन् । अझै बर्खायामको समयमा असार देखि असोज महिनासम्म नदी उत्खनन् गर्न नपाउने सरकारी नियम छ । बेनी नगरपालिकाले गत असार १ गतेनै सूचना जारी गरेर बगर उत्खनन् बन्द गरेको जनाएको थियो ।

नगरपालिका र सरकारको निर्णय बिपरित केही व्यक्तिहरुले खोलामा डोजर हालेर बालुवा उत्खनन् गरिरहेको देखिएको छ । यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखिनै बगर उत्खनन गर्न रोकिएको बताउनु भयो । अबैध नदी दोहनले, कानून र सरकारी मापण्डको धज्जी उडेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ । ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँ भन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी ब्यवस्था छ तर ढोडेनी खोला र कालीगण्डकीको दोभान स्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनी खोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर बालुवा निकालेर थुपारेका छन् । त्यहाँ करिब १०० टिप्पर बालुवा थुपारिएको छ । सो बालुवा कालीगण्डकी नदीबाट निकालेर राखिएको हो । ढोडेनीखोला भन्दा करिब ८०० मिटर माथि सारेमारेको झोलुङ्गे पुल नजिकै पनि करिब दश दिन देखि डोजर प्रयोग गरेर बालुवा निकालीरहेका छन् । यहाँ करिब ३० टिप्पर बालुवा थुपारिएको छ ।

दिउँसो डोजर नजिकैको जंगलभित्र लुकाएर राख्ने र बिहान/साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेको नाम नबताउने सर्तमा स्थानीयहरु बताउँछन् । आनन्दबगरमा पनि दुई वटा डोजर र एक वटा ब्याकुहोलोडर प्रयोग गरेर दिनदाहादै कालीगण्डकीबाट बालुवा निकालिरहेका छन् । उनिहरुले करिब दुई सय टिप्पर जति बालुवा निकालेर थुपारेका छन् । समयमा नै अबैध रुपमा भै रहेको नदि दोहन कार्य रोक्न सम्बन्धीत सारोकारवाला निकायको ध्यान जान समेत जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *