२५ जेठ २०८०, बिहिवार

लघुकथा “मान्छे”

गीता तिवारी


ए भगवान ! सबै चामलमा किरा परेछन् , खानै नहुने गरेर कुहिन ठिक्क परेका चामलको प्लास्टिकको थैलो हेर्दै रीताले भनी। सेता किरा परेका चामल देखेंर घिन मान्दै छोरीले भनी अब के गर्ने होला है मामु। छोरीको कुरा सुनेर रीताले भनी “के गर्नुनी बाहिर भर्याङ्गको छेउमा राख जे गरेपनि गरौंला।”
एकदिन रिता मन्दिर जाने तयारी गर्दै थिई उसको सानो छोराले मामु म पनि जान्छु भनेर जिद्दी गर्यो। हिड्ने बेलामा रिताले फूल र प्रसाद एउटा झोलामा राखि भने अगिनै ठिक्क पारेर राखेको चामलको पोका अर्को झोलामा राखि ।
“ममी यो चामल किन लाने हो र मन्दिर ? ” छोराले आश्चार्य मान्दै सोध्यो । ” त्यहा धेरै माग्नेहरु हुन्छन् तिनीहरूलाई दिनुपर्छ ।” रीताले स्कुटर पुछ्दै भनी ।
उनीहरू मन्दिर पुगे। मन्दिरको प्रवेश द्वार देखि नै लामबद्ध बसेका माग्नेहरु सबैलाई लाई रिताले एकएक मुठी चामल दिदै गइन। छोरालाई पनि माग्नेलाई चामल देऊ बाबु भनिन् ।
नाई म त दिन्न यो चामल । पैसा दिनेभए मात्रै दिन्छु छोराले भन्यो ।
पूजा गरी सकेर घर फर्कदै गर्दा छोराले बाल सुलभ जिज्ञासा राख्यो “मामु ती माग्नेहरु हामी जस्तै मान्छे होइनन् ?”
पोखरा

(यहाँहरुको प्रतिक्रियाको अपेक्षा)

One Response

  1. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मा आबद्ध कथाकार गिता तिवारी जीको लघुकथा पढ्ने अबसर पाइयो । उत्कृष्ट छ । कलमले विश्राम नगरोस् । शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *