गीता तिवारी
एकदम राम्रो खान्दान,केटा पनि असल सम्पत्तिको कुरै नगरौं महिनाको दुई लाख घरभाडा मात्रै आउँछ। यस्तो घरबाट कुरा आउनु हाम्रो मैयाको भाग्य हो भाउजु छिमेकी नन्द पर्ने उर्मिलाले सावित्री सँग भनिन। हुन्छ नानी म दाइसंग सल्लाह गरेर खबर गरौला सावित्रीले भनिन। यति राम्रो घर केटा नछोड्नुस है भाउजु भोलि पछुतो पर्ला भन्दै उर्मिला बिदा भई।
पढाइ सकेर बल्ल जागिर खान थालेकी छु, फेरि विएन गर्नुछ, अहँ म अहिल्यै बिहे गर्दैगर्दिन आमा, बरु मै कमाएर पढ्छु।रिदीमाले आफ्नो निर्णय सुनाई।
केहीदिनपछि राम बहादुरले बेलुका खाना खाने बेलामा बुढीसँग भने। हाम्री छोरीको प्रोफाइल हेर्नेछन् केटी असाध्यै मन पर्यो भनेर केटा पट्टिबाट हत्ते गरे।मैले पनि फोटो हेरे केटा फ्लिमकै हिरो जस्तो अनि घर पनि राम्रो रहेछ।बरु तिमीले छोरीलाई राम्ररी सम्झाउ है साबित्री।
विनोद र रिदिमाको धुमधामले बिहे भयो। छोरीको बिहेमा रामबहाुर दम्पतीले मन फुकाएर खर्च गरे।
बिहे गरेको एकहप्ता पछि विनोद अष्टेलिया उड्यो। रिदिमा दुराने फर्काएर आएपछि घरबाटै हस्पिटल जान थाली। एकदिन हस्पिटलबाट घर आउने बित्तिकै ससुराले रीदिमा लाई बोलाएर भने, “बुहारी तिमी
भोलि देखि काममा नजाऊ! ममीले घरको काम गर्न सक्दिनन। घरमा बुहारी छन् भन्नु मात्रै, हामीले खाजा खान धरी बाहिर जानु पर्ने भो। भोलि सुत्केरी दिदी पनि आउँछे उसको पनि स्याहार गर्नुपर्छ।
रिदिमाले काम त छोडदिन बुवा बरु म घरको सबै काम भ्याएर जान्छु भनी तर सासु-ससुराले तिमीलाई के नपुग्दो छ र जागिर खानु पर्यो भनेर जागिर छोड्न दबाब दिए। विनोदले पनि बुवाआमाले नै भनेपछि किन जानुपर्यो जागीरमा ? भन्दै रिसाउँदै फोन राख्यो।
उता माईतीमा बुवाआमासँग कुरा गर्दै उसले भन्थि “बाबा मलाई एकदम राम्रो छ,मेरो कत्ति पनि चिन्ता नलिनुस्। म धेरैनै खुशी छु। यता बुवा आमाले पनि हजुरहरुले जस्तै माया गरिसिन्छ।
फोन राखिसकेपछि आँखाबाट बलिन्ध्र आँसु बगाउँदै भन्थी, बाबा हजुरलाई “म यहाँ सुनको पिँजडामा राखिएको सुगा जस्तै भएकी छु भनेर कसरी भन्न सक्छु र !”
पोखरा