संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनी स्थित विरेन्द्र चोकमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौँ, नेकपा एमाले पार्टी (माधव नेपाल पक्ष) अनेरास्ववियू, संघीय समाजवादी विद्यार्थी संगठनले संयक्त रुपमा प्रतिनिधि सभा विघटन लगायत प्रधानमन्त्री ओलीका असंवैधानिक कदमका विरुद्धमा विरोध प्रदर्शन गरेका हुन् ।
मुलुक चरम सङ्कटतिर गैरहेको भन्दै प्रतिनिधि सभा विघटनको खारेजी, लकडाउन अवधिमा विभिन्न शैक्षिक संस्थाले लिएको शुल्क फिर्ता, जातीय विभेद अन्त्य हुनुपर्ने, जनतालाई तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, जनतालाई राहातको ब्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरिएको हो ।