विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रुकुमको एक भ्रष्ट जनप्रतिनिधिलाई कार्वाही गरेको छ ।
विकासका नाममा गएको पैसामा लाखौं भ्रष्टचार गरेको पुष्टि भएपछि कार्वाही गरेको नेकपा रुकुमको सानीभेरी गाउँपालिकाले प्रेस विज्ञेप्तीमार्फत जानकारी दिएको छ ।
वडा अध्यक्षलाई कार्वाही किन ?
दलाल संसदीय व्यवस्थाको दुष्चक्र, यसको दुष्प्रभाव र कथित जनप्रतिनिधि भनिनेहरुका असारे तथा डोजरे विकास मोहले कथित विकास निर्माणका नाममा विकृती, विसंगति, व्यथिती, विनाश र भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको छ। रुकुमका जनप्रतिनिधि भनिनेहरुका पछिल्ला क्रियाकलाप त झन मैमत्त साढे भन्दा कुनै हिसाबमा कम छैनन् भन्ने कुरा रुकुमका राजनैतिक परिदृष्यमा दिनको घाम जति कै छर्लङ्ग छ । फरक विचार र आस्थाप्रती निषेधात्मक प्रतिशोधी अराजनैतिक दुर्व्यवहार गर्नु, सबै जसो विकास निर्माणका कामहरु आफ्नै कार्यकर्ता तथा नलनाताको नेतृत्व र सहभातिमा गर्नु गराउनु, विभिन्न शिर्षक उपशिर्षकमा रकम/कलम हिनामिना गर्नु हालका दिनचर्या नै हुन्।
यसै सन्दर्भमा सानीभेरी गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष शशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँरा सिचाइ आयोजना उपभोक्त समितिबाट ३,००,००० (तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरी पश्चात सो विषयमा मिहिन अध्यन अनुसन्धान गर्दा नीज बुढाथोकीले भ्रस्टाचार गरेको पुष्टि हुन आएकोले हाम्रो पार्टी निज बुढाथोकीलाई कालो मोसो र जुता माला लगाई जनकारबाही गरिएको छ। निज बुढाथोकीलाई उक्त रकम तुरुन्त उपभोक्ता समितीलाई फिर्ता गर्न यसै विज्ञप्ति मार्फत चेतावनी मुलक निर्देशन गर्दछौ। उक्त रकम समितीलाई फिर्ता नगरे र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने व्यहोरा पनि सुचित गराउदछौ।
क्रान्तिकारी अभिवादन सहित ।
शिव वि.क
सेक्रटरी
सानिभेरी गाउँ समिती रुकुम पश्चिम