श्रावण संक्रान्ति ३० मुहूर्तको भएकोले धान्यार्घ वृष्टिका लागि महिना शुभाशुभ मिश्रित छ । संक्रान्ति चित्रा नक्षत्रमा भएकोले क्षेत्री जाती र सेना पुलिसलाई सुख हुनेछ । संक्रान्ति शुक्रवार भएकोले पशुपालक लाभान्वित हुनेछन् । मिथुन लग्नमा रहेको ग्रह गोचरअनुसार बालबालिकामा रोग प्रकोप बढ्नेछ । आर्थिक घोटाला बढ्नेछ । यसमहिनामा हुने सूर्य र शनिको समसप्तक योगले कर्मचारी वा श्रमिकको आन्दोलनले चर्चा पाउनेछ । पश्चिमी देशमा तनाव बढ्नेछ प्रमुख विकसित राष्ट्रको मतभेद चुलिनेछ । साम्प्रदायिक तनाव, आन्दोलनमा बृद्धि हुनेछ । रोग प्रकोपमा वृद्धि हुनेछ ।
प्राकृतिक प्रकोपले जन धनमा हानि हुनेछ । आशु चन्द्रोदय ३० मुभएकोले महिना शुभाशुभ मिश्रित छ खाद्यपदार्थको मूल्य तेजी हुनेछ शेयर बजारमा उतारचढाव आउने छ, केमिकल्स मसलामा तेजी आउनेछ । कपडामा मन्दी, दलिय पदार्थमा अस्थिरता रहनेछ धातु मन्दी रहने योग छ पश्चिमी भागमा सामान्य वर्षा पूर्वी भागमा अतिवृष्टि, उत्तरी भागमा भुस्खलनको योग परेको छ ।
मौसम परिवर्तन योग ६, ७, ८, २४, २६ र २९ गते । उपद्रवकारी दिन १, २, ५, ९, १०, १२, १७, १९, २४, २७ र ३० गते ।
ज्योतिष अनुसन्धान केन्द्र
क्याम्पसचोक बेनी बजार, म्याग्दी
सम्पर्क: ९८४७१३८७०६