सत्तारूढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक सुरु भएको हो ।
गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत छन् ।
आजको बैठकमा मन्त्रिपरिषद् बिस्तारलगायत बिषयमा छलफल हुने बताइएको छ । देउवा नेतृत्व सरकारमा यसअघि कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । त्यस्तै माओवादीबाट दुई जना मन्त्री छन् ।