२५ जेठ २०८०, बिहिवार

सदिऔंदेखि चलिआएको धर्म, हिन्दू !

ईन्दु भुसाल
सम्पूर्ण विश्वमा पहिले वैदिक धर्म नै थियो । पछि यस धर्मको दुर्गति हुन थाल्यो । मानिसहरू तथा तथाकथित सन्तहरूले मतभिन्नतालाई जन्माए र यो एकै प्रकारको धर्मका मानिस थुप्रै जाति एवं उपजातिमा बाँडिए । यी जातिवादी मानिसहरू वेद, वेदान्त एवं परमात्माप्रति आस्था-विश्वास राख्दैनथे ।
हिन्दु सनातन धर्म जुन आज भन्दा करिब ९० हजार पहिला प्रारम्भ भएको थियो।रामायण,महाभारत,पुराणहरु मा सुर्यबंशी र चन्द्रबंशी राजाहरुको बंश परम्परा त्यसमा उल्लेख पाइन्छ।
नेपाल मा शासन गर्ने प्रथम गोपाल बंश करिब ५२१ बर्ष ८ पुस्ता ले शासन गरे यसमा पनि पशुपति नाथको मन्दिर स्थापना गर्ने यहि बंश का थिए।महिषपाल हुँदै किरातका पालामा किराति पनि शिव पार्बर्ती को ठुलो भक्त रहेको र किरातिहरु को बाहुल्यता हिन्दु र बौद्ध धर्म दुबै मा रहेता पनि उनिहरु भने शैब धर्म मान्दथे।हुमती कै पाला मा महाभारत युद्द भएको र त्यसपछी को सोमबंश ले पनि हिन्दु धर्म लाई उत्थान गर्दै पशुपति नाथ को मन्दिर मा सुनको गजुर समेत लगाए।लिच्छविकाल का प्रमाणिक राजा मानदेब पनि नाग र बासुकी को पुजाको चलन चलाउदै हिन्दु धर्म लाई नै बढि महत्त्व दिएका थिए र लिच्छविकाल को राजभाषा सस्कृत नै थियो।पुजापाठ,पठनपाठन,र धर्मको रक्षा गर्ने जिम्मा ब्रह्माण्ड लाई दिदै सबै लाई आ आफ्नो काम अनुसार बिभाजन गरे।राजा नरेन्द्रदेब,गुणकामदेब,प्रचण्डदेब को पनि धेरै एतिहासिक मठमन्दिर को निर्माण भए।जनता लाई असाध्यै माया गर्ने राजा महेन्द्र मल्ल,बिस्वरुप,दक्षिणकाली मन्दिर र विभिन्न किसिमका जात्रा को पनि चलन नचलाएका होइनन।
मल्लकाल का सिद्दिनरसिह का पालामा सन १६६१ मा काठमान्डाै र भक्तपुर मा इसाइ धर्म कै प्रचार प्रसार गरेको आरोप मा ग्रेबर डाेरबिल र उनका सहयोगी देशबाट नै निकाला भएका थिए।
मल्लकालिन मुर्ती चित्र,बास्तुकला हिन्दु धर्म सस्कृती का किम्बदन्ती झल्किने सम्पुर्ण विश्व मा नै नेपाल लाई चिरपरिचित गराएका थिए।आधुनिक कालको पृथ्वीनारायण शाहको राज्य एकीकरण संगै हरेक क्षेत्र मा हरेक कलामा जोडिएको हिन्दु धर्म अझै प्रगाढ बन्दै गयो।त्यसलगत्तै विभिन्न राजा को पाला मा हिन्दु धर्म लाई नै उत्थान गर्दै राणा शासन को अन्त्य भइ प्रजातन्त्र को घोषणा २००७ मा भयो।
२०६३/२/४ मा नेपाललाइ धर्म निरपेक्षता रास्ट्र घोषणा गरियो।दिल्लि मा भएको १२ बुदे सम्झौता को मस्यौदा तयार गर्दै सदिऔ चलिआएको मुलुक को पहिचान एकाएक मेटयो।धर्म निरपेक्ष भन्नाले सनातन देखि चलिआएको धर्म सस्कृती को संरक्षण लगाएत धार्मिक,सास्कृतिक स्वतन्त्रता सम्झनुपर्ने नेपाल को संविधान धारा ४ ले जनायो।
विश्व मा तेस्रो स्थान मा रहेको हिन्दु धर्म नेपाल मा पहिलो स्थान जसमा ८१.३% नेपाली रहेको २०६८ को जनगणना को तथ्यांक पाउन सकिन्छ।हिन्दु धर्म का ४ मार्ग कर्म,ज्ञान,र भक्ती छन भने ४ धाम बद्री,केदार,द्वारिका र रामेश्वर नाथ रहेका छन।
अत:परापुर्ब काल देखि चलिआएको हिन्दु धर्म लाई महत्व दिदै पस्चिमेली सस्कृती लाई न्यूनीकरण गर्नु नै आजको आवश्यकता हो।पछिल्लो समय नेपाल मा हिन्दु रास्ट्र सापेक्ष राजनीति ले बिस्तारै उठ्ने प्रयास गरेको देख्न सकिन्छ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *