राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ टिप्पणी गर्दै देश अब अस्थिरतामा फस्ने खतरा बढेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’