सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे सिद्धथानदेखि बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटाे पद मार्गमा जाेडिएकाे छ ।
प्रधानमन्त्री स्वराेजकार कार्यक्रम अन्तर्गत गलकाेट नगरपालिकाबाट विनाेजित आर्थिक वर्ष ०७८/७९ काे बजेट रु. ५ लाख ६७ हजार रकमबाट ४५५ मिटर साेलिङ र ३५० मिटर सेडी गरि जम्मा ८ सय मिटर पद मार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष गंगाबहादुर काउचाले जानकारी दिनुभयाे। ५० हजारकाे श्रमदान भएको पदमार्ग निर्माण कार्य असार १५ देखि शुरु भई असार ३० गते समापन भएको अध्यक्ष काउचाको भनाई थियो ।
यस पदमार्ग निर्माण भए संगै घुम्टे लेखमा पुगेर घुम्टेमा रहेकाे धार्मिक स्थलहरुकाे दर्शन गर्न पूजाआजा गर्न सहज हुने र विशेषगरि आन्तरिक पर्यटकहरुलाई सहज हुने सिद्धथान सामुदायिक हाेम स्टेका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनु भयाे। यस अघि घुम्टे जानलाई असहज हुनुका साथै धेरै समय खर्चिनु पर्ने बाध्यता थियाे । अब त्याे बाध्यता अन्त्य भएको सिद्धथान सामुदायिक हाेम स्टेका अध्यक्ष पुनले बताउनु भयाे।