दार्चुलाको अपि हिमाल गाउँपालिका ५ मकरीगाड तिङलास्थित मकरीगाड हाड्रोपावर कम्पनीको सु प्र ०१०० क १६०४ नम्बरको स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सडक सफा गर्ने क्रममा ३:३० बजेतिर दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका आगरका २८ वर्षीय चालक विशन रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताए।