कारवाहिमा परे पनि नेपाल पक्षका केही नेताहरु एकता जोगाउने भन्दै बैठक गरीरहेका थिए । त्यसो गर्नेको अग्रपंक्तिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट छन् । कार्यदलमै रहेका नेताहरु भीम रावल, घनश्याम भुषाल र रघु पन्त भने प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर मात्रै एकता संभव हुने पक्षमा छन् । कार्यदलमा नेपाल पक्षका दुई धार २ जेठमा गठन भएको एमाले विवाद समाधान गर्न गठित कार्यदलमा नै दुई धार देखिएका छन् । एक धार जसरी भएपनि ओलीसंग मिल्नु पर्ने अडानमा छ । जसको नेतृत्व सुरेन्द्र पाण्डेले गरीरहेका छन् । उनलाई साथ गोकर्ण विष्टले दिएका छन् । यी दुई जना नेताहरू जसरी भएपनि एमालेसंग मिल्नु पर्ने भन्दै आएका छन् । उनीहरूको यो विचारको नेपाल पक्षमा विरोध हुदै आएको छ । केहि दिन पहिला भएको नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा अधिकाशंले तिब्र विरोध गरेका थिए । यी दुई नेता किन ओली प्रति यति नतमस्तक भए भनेर चर्चा हुने गरेको छ । कतै पाण्डेलाई केहिको डर त देखाएको छैन ओलीले भनेर आशंका हुने गरको एक केन्द्रीय सदस्यले बताए । युवा नेतृ रामकुमारी झाँक्रीले ओली पक्षसँग मिल्नु पर्छ भनेर ओकालत गर्ने पक्षलाई सार्वजनिक रुपमै आलोचना गरेकी छत् । उनले भनिन्, लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न।झुक्किनु हुदैन। कार्यदलमा अर्को पक्ष छ ओलीले सधै मनमर्जि गदै पार्टी संचालन गरेकाले उनलाई पार्टी अध्यक्ष अथवा प्रधानमन्त्रीबाट राजीनामा दिलाएरमात्र एकता गर्ने अडानमा छ । जसको नेतृत्व कार्यदलका संयोजक भिम रावलले गरेका छन् । उनको साथ दिएका छन् घनश्याम भुसाल, रघुजी पन्तले । २३ जना एमालेका सांसदले संसद विघटन विरूद्धको मुद्दामा हस्ताक्षर गरेका छन् । तर पाण्डेले भने पछि वारेस राखेका थिए । उनी अहिलेपनि हस्ताक्षर फिर्ता लिएपनि हुन्छ भन्नेमा पुगेका एक केन्द्रीय सदस्य बताउछन् ।