३ चैत २०७९, शुक्रवार

२०८ औं भानुजयन्ती मनाइँदै !

(जन्म वि. सं. १८७१ असार २९ र मृत्यु वि सं. १९२५ असोज ६)


देश मात्र होइन विदेशमा पनि विभिन्न नेपाली साहित्यिक सङ्घ/संस्था तथा साहित्यप्रेमीहरुले साहित्यिक कार्यक्रमहरु गरेर असार २९ गते भानुभक्तको २०८औं जन्मजन्ती मनाइँदै छ ।

नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । [२] । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) [१] लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरू लाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।

भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
जन्मवि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँनेपाल
मृत्युवि सं. १९२५ असोज ६
सेतीघाट, तनहुँ
पेशाकवि

नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटाकचौरागिलास पञ्चपात्रोआचमनी जेले जति पाइयो उघाउने काम भएको छ ।

आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो । यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ । शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो । भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ । शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन । यो एउटा सङ्केत मात्र हो ।

कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौँं उपत्यका) र वरपर रामायणका श्लोकसाग भानुभक्त गाइन थाले । सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै भानुभक्तको रामायणभक्तमाला र बधूशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए । वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवालीपारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए । भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः ‘गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो । भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे । अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो । ‘

अनि त्यही दिनको गोरखापत्रले टिप्पणी पनि गर्‍योथ ‘अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट । ‘ तर त्यसैबेला दार्जिलिङको चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो । ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए । त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा सूर्यविक्रम ज्ञवालीले देखे । नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे । आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रका रचनाकार पण्डित कविराज नरनाथ आचार्यका कलममा अझ तिखारियो । उनले भानुभक्त सम्बन्धि त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए । ‘भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्’ भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो । ‘भानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो । ‘ भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए । उक्त दिन सरस्वती सदनमा आयोजित भानुजयन्ती समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए ।

‘नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्’ लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ । नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो.ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउः अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोइः भानुभक्त निक्र्‍योल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौँको तुलना गर्ने केशवराज पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवादी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायणबारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू आएका छन् । एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि हिचकिचाउदैनन् । राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व दिनेहरू पनि छन् । इन्द्ररत्न बज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए । भानुभक्त रामायणको महात्म्य भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा. डिल्लीराम तिमसिनाको कलम तिखारियो । केशवप्रसाद उपाध्याय भानुभक्त र उनको रामायणको मूल्याङ्कन गर्छन् । भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।

आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ । भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र । सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन । सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन् । कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन् । भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन् । भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन् । भाषिक कविको उपाधि दिनेहरू पनि छन् । उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र । गीता/नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन् । नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे । ‘ ‘नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन् । ‘ ‘आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन् । विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे । ‘ ‘पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए । ‘ यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *