पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानिपानी कुमालगाउँ र सोही वडाको पस्यारका अपांगलाई बिहादी गाउँपालिकाको सहयोगमा घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।
कुमाल गाउँका १ जना र पस्यारका ३ जना ब्यक्तिलाई ईलाका प्रशासन कार्यलय हुवासका प्रमुख नवीन सुवेदीले नागरिकता वितरण गर्नुभएको हो । उक्त कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल, बिहादी गाउँपालिका वडा नं ३ रानिपानीका वडा अध्यक्ष रण बहादुर आले, रेडियो सत्यवाणी १०४ मेगाहर्जका अध्यक्ष हरि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
नागरिकता लिने क्रममा अपांग ब्यक्तिले आफूले घरमै नागरिकता पाउँदा बल्ल नेपाली हुन पाएकोमा गर्व लागेको अनुभव सुनाएका थिए ।