२५ जेठ २०८०, बिहिवार

अम्बिकाको तीज गीत ‘अपार’ बजारमा !

 कवि एवं गायिका अम्बिका भण्डारीको नयाँ तीज गीत ‘अपार’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन भण्डारीले नै गरेको गीतमा भण्डारीसँगै गायत्री पराजुलीको आवाज सुन्न पाइन्छ । गीतलाई जुजु गुरुङले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ, उत्पादन र वितरणको जिम्मा पाएको नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो पोखराले आफ्नै अफिसियल युट्युब मार्फत गीतलाई सार्वजनिक गरेको छ ।गीतको भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी, इन्दिरा शर्माको नृत्य हेर्न पाइन्छ । यसैगरी कलाकार प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विनित जोजिजू, शिव त्रिपाठी, केशव भण्डारी, गोमा सोती, शुभद्रा कोईराला, लोकराज भण्डारी, लक्ष्मी कार्की आदि कलाकारको अभिनय भिडियोमा हेर्न पाइन्छ । शिव राजा भुर्तेलको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको छायाकंन सुरेश भुर्तेलले गर्नुभएको हो । कलाकारलाई आर्कषक बनाउन सुनिता अधिकारीले मेहनत गर्नुभएको छ ।

सप्तरंगी साहित्यिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेश अध्यक्ष समेत रहनुभएकी भण्डारीले केही दिनअगाडि विमला ढुंगाना निरौलासँगको सहकार्यमा ‘प्रवासमा चेली’ बोलको तीज गीत दर्शक श्रोता माझ पस्कनुभएको थियो ।उहाँका संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर, उही बनपाखामा आदि गीत दर्शक श्रोतामाझ आइसकेका छन् ।

उहाँले ३ कक्षामा पढ्दादेखि नै मुक्तक लेख्न शुरु गर्नुभएको थियो । उहाँका मुक्तक र काव्यका ४ कृति प्रकाशित भइसकेका छन् । औपचारिक रुपमा २०६७ मा लोक ‘छन्दका फुलहरु’ नामक कविता संग्रह निकाल्नुभएकी अम्बिकाले २०६८ मा दोस्रो कृतिको रुपमा ‘आफ्नो गाउँ आफ्नै हुन्छ’ खण्डकाव्य पाठक समक्ष पस्कनु भएको थियो ।अली मियाँ लोक वाङमय प्रतिभा पुरस्कारबाट सम्मानित समेत भइसक्नु भएकी उहाँले राष्ट्रप्रेम तथा विभिन्न विकृति विसंगतिमा आधारित रहेर ‘तेस्रो पाइला’ नामक कविता संग्रह समेत निकाल्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिनुभएकी अम्बिका नारी प्रतिभा वाङ्मय प्रतिष्ठान सहितका बिभिन्न संस्थामा आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *