४ चैत २०७९, शनिवार

‘असल मान्छे’ कसरी बन्ने ?

ठूलो भएपछि के बन्छौं ? बाल्यकालमा हामीले झेल्ने प्रश्न हो यो । यसको उत्तरमा धेरैले भन्छन्, ‘म ठूलो मान्छे बन्छु ।’ तर, ठूलो कस्तो ?धनी, प्रभावशाली, विख्यात, शक्तिशाली । कोही मान्छे धनाड्य हुनसक्छन्, कोही प्रख्यात । कोही शक्तिशाली हुनसक्छन्, कोही प्रभावशाली । तर, यी सबैभन्दा पहिलो आवश्यक्ता हो मान्छेले मान्छेजस्तै बन्नु ।अर्थात मान्छेले आफ्नो मानविय मूल्य बचाउनुपर्छ । मानविय भावना जगाउनुपर्छ । मान्छे जे पनि बन्न सक्छन् । डाक्टर, नेता, कलाकार । तर, त्यो भन्दा पहिले बन्नुपर्छ– मानविय गुणले युक्त मान्छे ।यसका लागि पहिलो सर्त हो, सकारात्मक र सहृदयी हुनु । सकारात्मक सोचाइको फाइदा अरुलाईभन्दा धेरै आफूलाई हुने गर्छ । विभिन्न मुलुकमा गरिएको अनुसन्धानले देखाएको छ कि सकारात्मक व्यवहारले तपाईंको मानसिक कल्याणलाई बढावा दिन सक्छ ।संसारमा लगभग सबैजना राम्रो व्यक्तिको साथ बस्न मन पराउँछन् । राम्रो मान्छे वरपर बस्दा उनीहरुसँगको सौहार्दता बढ्न जाने भएकोले पनि राम्रो मान्छेलाई सबैले मन पराउने गर्छन् ।जो मान्छे राम्रो छ, धेरै प्रभावशाली छ र आफ्ना साथीहरुको लागि परेको बेलामा सक्दो सहयोग पनि गर्न सक्ने खालको छ । उनीहरुको बिचार, कार्य र शब्दहरुले यो प्रतिबिम्बित गर्छ । त्यसैले भनिन्छ, महत्वपूर्ण हुनु राम्रो कुरा हो, तर असल हुनु अधिक महत्वपूर्ण कुरा हो ।मनोवैज्ञानिक हिसाबले हेर्ने हो एउटा विषय पत्ता लगाउन मुस्किल हुन्छ कि तपाईं राम्रो मान्छे हो कि होइन ? त्यसैले, यस लेखमा हामी तपाईंहरुलाई मनोवैज्ञानिक रुपमा राम्रो कसरी बन्ने भन्ने बारेमा सुझाव दिन्छौं ।असल ब्यक्तिको परिभाषा के हो ?राम्रो हुनुको अर्थ के हो ? तपाईं कसरी थाहा पाउनुहुन्छ कि तपाईं राम्रो व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न ? केही विशेषताहरु जुन प्रायः राम्रो मान्छेको परिभाषामा सामेल गरिएको छः ।–अरुको भलाइ गर्ने सोच– सहानुभूति राख्नु– निष्पक्ष हुन– उदार हुनु– अरुलाई मद्दत गर्नु– इमान्दारिता– दयालु बन्नु– विनम्र हुन– जिम्मेवारी बुझ्न– सचेत रहनु आदि ।राम्रो हुनुको सही परिभाषा व्यक्ति अनुसार फरक हुन सक्छ । व्यक्तित्व मनोविज्ञानका विद्वानहरु मान्छन् कि माथि उल्लेखित गुणहरुसँग सम्बन्धित व्यक्तिहरुको गुण अरु मान्छेसँगको तुलनामा भिन्न छ ।मनोवैज्ञानिकहरु अक्सर व्यक्तित्वमा पाँच आयाम हुने बताउँछन् । यी आयामहरुमध्ये एक अर्कासँग अन्तरसम्बन्धित भएको पाइन्छ ।यसका धेरै लक्षणहरु तपाईंले अरुसँग कस्तो व्यवहार गर्नुभएको छ ? भन्ने विषयसँग सम्बन्धित छ । अनुसन्धानले यो पनि देखाउँछ कि सहमति दुई मुख्य घटकमा विभाजित गर्न सकिन्छ,१. करुणा२. नम्रतायी दुवै गुणहरुले यो भूमिका खेल्छ किन हामी प्रायः “राम्रो“ हुने बारेमा सोच्छौं ।करुणा यस्तो गुण हो जसले अरुको भावनात्मक स्थितिलाई बुझ्न सहयोग गर्छ ।राम्रो व्यक्तिको लक्षण के हो ?– तपाईं अरुप्रति कति दयालु हुनुहुन्छ ।– मानिसहरु तपाईंहरूको साँच्चिकै प्रशंसा गर्छन् ।– तपाईं अरुको लागि करुणा र सहानुभूति महसुस गर्नुहुन्छ ।– तपाईं अरुलाई समर्थन गर्नुहुन्छ ।– तपाईं आफैंलाई कति दया गर्नुहुन्छ ।– तपाईं तपाईंको गल्तीको लागि जिम्मेवारी लिनुहुन्छ ।– तपाईं ईमानदार र आत्मसम्मानबाट पूर्ण हुनुहुन्छ ।राम्रो व्यक्ति हुनुको लाभसामाजिक व्यवहार त्यस्तो शब्द हो जसको उपयोग मनोवैज्ञानिकहरु रुपमा अर्काको कल्याणको लागि प्रयोग गर्ने गरिन्छ । अर्काे शब्दमा भन्दा राम्रो व्यवहार जस्तो कि आफ्नो चिज अर्काेलाई सुनाउनु, सहयोग गर्नु र उनीहरुलाई आराम गर्न दिनु यी सबै सामाजिक कामहरु हुन् ।यसरी मान्छेको व्यवहारले स्पष्ट रूपमा अर्काेलाई मद्दत गर्छ । अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि अरुको लागि राम्रो हुनु आफ्नो मानसिक स्वास्थ्यको लागि समेत फाइदाजनक कुरा हो ।१. आकर्षणमा वृद्धिएक राम्रो व्यक्ति हुनुले तपाईं एक साथीको रूपमा अधिक आकर्षक बनाउन सक्नुहुन्छ । जर्नल अफ पर्सनालिटीमा प्रकाशित २०१९को एक अध्ययनमा सहभागीहरुले दयालुपनालाई पति वा पत्नीको सबैभन्दा महत्वपूर्ण गुणको रुपमा मूल्यांकन गरेका छन् ।यसको मतलब यो हो कि आर्थिक सम्भावना, शारीरिक बनावट, आकर्षण र हँसिलो मुखसँग समेत अधिक महत्वपूर्ण थियो ।२. मूड राम्रो हुन्छराम्रो हुनु ’राम्रो’ कुरा हो । अनुसन्धानले दया र अरुप्रतिको सहयोगी कार्यमा संलग्न हुँदा तपाईंहरुको मूडमा सुधार हुन्छ भन्ने पाइएको छ । शोधकर्ताहरुले पत्ता लगाएका छन् कि सात दिनसम्म हरेक दिन अरुप्रति दया गर्दा आफैँमा खुसी पैदा हुन्छ ।३. तनाव कम हुन्छतनावबाट राहत पाउनको लागि राम्रो मानिसलाई सजिलो हुन्छ । अध्ययनले राम्रो सोचाइ भएको व्यक्तिले खराब समयलाई पनि सहज तरिकाले गुजार्न सक्ने देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *