नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन-१ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ ।
दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रदर्शन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८ मा पुर्याउनका लागि म्याग्दी, बागलुङ लगायत देश विदेशमा रहेका नेपालीहरुको भोट आवश्यक रहेको छ । दोहोरी च्याम्पियनमा उतकृष्ट प्रर्दशन गर्दै आएका म्याग्दीकी शोभा कार्कीसहित बागलुङका बालचन्द्र बरालको टिमलाई टप १६ बाट टप ८ मा पुग्नका लागि भोटको आवश्यक रहेको कार्कीले बताइन् ।
लोकसङ्गीतको उर्भर भूमि म्याग्दीलाई चिनाउनका लागि दोहोरी च्याम्पियनको टप ८ मा पुगेर दोहोरी च्याम्पियनको आगामी चरणमा सफल बनाउनका लागि भोट महत्वपूर्ण रहेको बताउँदै म्याग्दीका दिदीबहिनी तथा दाजुभाइलाई भोट गर्न आग्रह गरेकी छन् ।
सानै उमेरदेखि म्याग्दीको मेलापर्व लगायत देशका विभिन्न ठाउँमा दोहोरी प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्दै दोहोरी विधातर्फ चर्चामा रहेकी कार्कीलाई दोहोरीमा च्याम्पियनमा सफल बनाउन भोट महत्वपूर्ण रहेको हो। भोटका लागि नेपाल टेलिभिजनको App डाउनलोड गरि तपाईं हामी वा जो कोहीपनि अत्याधिक भोट गर्न सक्नेछौं ।
voting code : DC 16
send : 33001