१७ चैत २०७९, शुक्रवार

एक व्यक्तिको शव फेला : शंकास्पद ३ जना पक्राउ !


गत भाद्र २ गतेदेखि घरबाट वेपत्ता बनेका ढोरपाटन बागलुङका एक व्यक्तीको भूजी जँगलमा शव फेला परेको छ ।
ढोरपाटन नगरपालिका—९ पल्लो भुँजी बस्ने ५१ वर्षीय छविलाल विकको शव घर नजिकैको जंगलमा स्थानीयले सोमबार ५ दिनपछि फेला पारेका हुन् ।
धुपी सल्लाको फेदमा अड्किएको अवस्थामा टाउको र शरिरका विभिन्न अङ्गमा चोट सहित सोमबार स्थानीयले विकको शव फेला परेका थिए । शवको पोष्ट मार्टमका निम्ति बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
घटनामा शंकास्पद स्थानीय ३ जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरिसकेको छ । उनीहरुलाई थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *