नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समितिद्वारा जिला जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा पनि गठन गरिएको हो ।
भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा देवी जिसी, सचिवमा राजकुमार परियार, सहसचिबमा शंकर पौडेल र कोषाध्यक्षमा विजय परियार चयन भएका छन्। त्यस्तै सदस्यहरुमा हिरा किसान, हर्क खड्का, गोकुलदीप विश्वकर्मा, विकास विश्वकर्मा अनुरागी, विकास फगामी ज्ञानु राना मगर, सीता पुन, परमेश्वर कार्की, गौरी घताने, आकाश पुन, प्रवीन छिनाल, सुनिल छिनाल र निर्मला गर्बुजा रहेका छन् । त्यसैगरी भेलाले बेनी नगरपालीका संयोजकमा कमल पौडेल, मंगला गाउँपालिका संयोजक मिलन बिश्वकर्मा, मालिका गाउँपालिका संयोजक एकेन क्षेत्री, धौलागिरी गाउँपालिका संयोजक बिपना बुढा, रघुगंगा गाउँपालिका संयोजक निर्मला गबुर्जा र अन्नपूर्ण गाउँपालिकाको संयोजकमा गंगा पुनलाई चयन गरेको छ भने सङ्घ अन्तरगतको जननाट्य विद्या संयोजकमा सन्तोष परियार, जन संगीत विद्या संयोजकमा बलबहादुर परियार र जन साहित्य विद्यामा दपर्ण रोकालाई चयन गरिएको सचिव परियारले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टीको हरेक गतिविधिमा राष्ट्रिय जन सांस्कृतिक महासंघको महत्वपूर्ण भूमिका रहने भएकाले यसको गठन आवश्यक रहेको बताउनुभयो । विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय नरदेवी पुनले कला संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको हुँदा आफू प्रदेश सरकारको सामाजिक विकासमन्त्री हुँदा गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउँदै प्रतिष्ठान संग समन्वय गरेर आवश्यक कार्य गर्न जिल्लाका कलाकारहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य, गण्डकी प्रदेश संयोजक एवम् गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले अब देशैभर महासंघलाई गतिशील बनाउने र जनमूखी र प्रगतिशील साहित्य र सृजनाहरु मार्फत जनतासामु प्रस्तुत हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य तथा बेनी नगर कमिटी अध्यक्ष प्रमोद श्रेष्ठ, जिल्ला लेखा परिक्षण कमिटी अध्यक्ष चन्द्रकुमार केसी, महासंघका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला संयोजक राजेन्द्र सापकोटा लगाएतले बोल्नु भएको थियो । महासंघ म्याग्दीका पूर्व उपाध्यक्ष रवि कार्कीको अध्यक्षता, भूपेन बानियाँको स्वागत र अमित विश्वकर्माको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।