२० मंसिर २०७९, मंगलबार

एसएसबीको ज्यादतिका बिरुद्ध विप्लव निकट जनबर्गीय संगठनहरुको बिरोध !

नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट जनबर्गीय संगठनहरुले सीमा क्षेत्रमा नेपालमाथि भारतीय एसएसबीले गरेको ज्यादतीको बिरुद्धमा म्याग्दीमा बिरोध प्रर्दशन गरेका छन् ।
दार्चुलामा भारतीय सुरक्षाकर्मीले नदी तर्ने क्रममा तुइन काटिदिँदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी नदीमा खसेर बेपत्ताभएको बारेमा उनीहरुले बेनीको बिरेन्द्र चोकमा बिरोध प्रदर्शन गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै विप्लव निकट अखिल नेपाल महिला संघकोे केन्द्रीय सचिव उषा घर्तीले भारतीय ज्यादती नेपालमा पछिल्लो समय बढ्दै गरेको भन्दै भारतीय ज्यादतिको बिरुद्धमा आम नेपाली नागरिक एक भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले नेपाल सरकारले सीमा र नागरिकको सुरक्षा गर्न नसक्ने भए नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा आफ्ना कमाण्डरहरु मार्फत सुरक्षा दिने बताउनु भयो । घटना घटेको दुई दिन भै सक्दा समेत सरकार मौन बस्नु भनेको भारतको सामु नेपाल सरकारले घुडा टेकेको उहाँले बताउनु भयो ।

अखिल नेपाल महिला संगठनको केन्द्रीय सदस्य ममता सुरखेतीको सञ्चालनमा सम्पन्न भएको बिरोध सभामा अनेमसंघ केन्द्रीय सचिव घर्ती, अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत र युवा संगठन नेपाल म्याग्दीका अध्यक्ष नविन विश्वकर्माले मन्तब्य ब्यक्त गर्नुभएको अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीका सचिव रोहित विश्वकर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *