१९ जेठ २०८०, शुक्रवार

कठिनाइलाई कसरी जित्ने ?

लगनशील व्यक्तिसँग कठिनाइलाई जित्ने कुन रहस्यमयी शक्ति हुन्छ ? के लगनको गुणले व्यक्तिको मस्तिष्कमा कुनै प्रकारको आध्यात्मिक, मानसिक या रासायनिक गतिविधिलाई उत्पन्न गर्छ, जसले पराभौतिक शक्तिलाई आफ्नो सम्पर्कमा लिएर आउँछ ? के अनन्त प्रज्ञा त्यस व्यक्तिको पक्षमा हुन जान्छ, जसले युद्धमा हारेपश्चात् पनि सङ्घर्ष गर्छ ? सारा संसार उसको विरोधमा हुँदा पनि मैदान छोड्दैन ?यी र यिनै प्रकारका केही प्रश्न मेरो मस्तिष्कमा आउँदा मैले हेनरी फोर्डजस्ता व्यक्तिलाई अवलोकन गरें जसले शून्यबाट सुरुवात गरे पछि विराट् औद्योगिक साम्राज्य स्थापित गरे । सुरुवातमा उनीसित लगनबाहेक केही पनि थिएन । थोमस एल्वा एडिसनलाई लिऔं, उनी केवल तीन महिनासम्म स्कुल गएका थिए । पछि उनी विश्वको अग्रणी आविष्कारकर्ता बने । उनले लगनलाई टकिङ मेसिन, मुभिङ पिक्चर मेसिन, बिजुलीको बल्ब र पचास अन्य उपयोगी आविष्कारमा परिवर्तित गरिदिए ।मलाई एडिसन र फोर्डको विश्लेषण गर्ने सुखद अवसर प्राप्त भएको छ । मैले केही वर्षसम्म लगातार उनीहरूको क्यारियरमाथि ध्यान दिएको छु । मैले उनीहरूलाई नजिकबाट अध्ययन गरेको छु । यसकारण म यो कुरा वास्तविक ज्ञानको आधारमा भन्दैछु, वास्तवमा मैले ती दुवैमा लगनको अतिरिक्त कुनै अरू गुण देखिनँ ।यदि कुनै व्यक्तिले अतीतका धर्मगुरू, चमत्कार गर्ने व्यक्ति, दार्शनिक र धार्मिक लिडर्सको निष्पक्ष अध्ययन गर्छ भने अन्ततः ऊ यस लगनमा एकाग्रता र लक्ष्यको निश्चितता नै उनीहरूको उपलब्धिको प्रमुख थियो भन्ने निष्कर्षमा अवश्य पुग्छ स्रोतउदाहरणका लागि तपाईं मोहम्मदको अद्भुत र मनमोहक कहानीलाई लिन सक्नुहुन्छ । उनको जीवनको विश्लेषण गर्नुहोस् । आधुनिक युगमा उद्योग र फाइनान्समा सफल मानिससित उनको तुलना गर्नुहोस् ।कसरी उनीहरू सबैमा एक गुण समान छन् भनेर हेर्नुहोस् । त्यो गुण हो, लगन ।यदि तपाईं लगनको शक्ति दिने अद्भुत शक्तिको अध्ययनमा रुचि राख्नुहुन्छ भने मोहम्मदको जीवनी पढ्नुहोस् यस पुस्तकको संक्षिप्त रिभ्यु थोमस स्युग्नुले हेराल्ड ट्रिब्युनमा लेखेका थिए । त्यस रिभ्युमा तपाईंलाई एउटा दुर्लभ सफलताको पूर्वाभ्यास मिल्नेछ । यो लगनको शक्तिको एउटा अद्भुत उदाहरण हो ।

(बुलबुल साप्ताहिक समाचारपत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *