५ चैत २०७९, आइतवार

करेसाबारी स्थापना तालिम सम्पन्न !

फलेवास नगरपालिका वडा नं ५ खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयमा आज एक कार्यक्रमका विच ७ दिने करेसाबारी स्थापना तथा व्यवस्थापन तालिम सम्पन्न गरिएको छ ।
कादुरी पोखराको आयोजना र मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा युवा युवतीहरुलाई लक्षित गरि सञ्चालन गरिएको तालिम आज सम्पन्न भएको हो । कार्यक्रममा खानिगाउँका २८ जना कृषहरु सहभागी भएका थिए। मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा कादुरी सस्थाले प्रदान गरेको उक्त तालिमको शहजिकरण नेष्ट सस्थाकाका ट्रेनिङ अफिसर गुणकुमार श्रेष्ठ र रविन श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा करेसाबारी व्यवस्थापन, तरकारी लगाउने तथा जमाउने तरिका, वियाड बनाउने तरिका, रोग नियन्त्रण, विषाधिको प्रयोग विधि, बजारीकरण सम्बन्धि लगायत विभिन्न विषयहरुको बारेमा जानकारी गराईएको थियो । स्थानीय कृषक, वुद्धिजीवि, समाजसेवी, युवायुवतीहरु, पुस्तकालयका सदस्य तथा कर्मचारीहरु लगायतको उल्लेखनिय सहभागिता रहेको समापन कार्यक्रममा सहभागी कृषक भिम लम्साल क्षेत्री र खड्कप्रसाद लामिछानेले तालिमबाट सिकेका कुराहरुको बारेमा बोल्नुभएको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्य प्रशिक्षक गुणकुमार श्रेष्ठले सजिलो तरिकाले थोरै लगानीमा धेरै आम्दानी हुने खालका मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा आवद्ध भएर व्यावसायिक कृषक बन्न प्रेरित गर्नुभयो । तालिम पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो । तालिम पश्चात कृषकहरुलाई काउली, ब्रो काउली, बन्दा, सिमी, बोडीको बिउ संगै, थोपा सिँचाईको लागि प्रयोग गरिने ड्रम र नर्सरी प्लाष्टिक वितरण गरिएको थियो । भु.पु. आर्मी चित्र बहादुर दमाईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन पुस्तकालय सञ्चालन समितिका अध्यक्ष कृष्णराज पौडेलले गर्नुभएको थियो । प्रशिक्षकद्वय श्रेष्ठलाई उहाँहरुले प्रदान गरेको ज्ञान तथा सीपको उच्च कदर कर्दै मायाको चिनो प्रदान गरिएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *