२३ जेठ २०८०, मंगलबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ !

जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मुद्वाका एक जना फरार प्रतिवादीलाई अदालतले फैसला सुनाएको पाँच वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पक्राउ पर्नेमा जिल्लाको पैयुँ गाउँपालिका ७ बस्ने का ४४ वर्षिय ख्याम बहादुर राना रहेका छन् । उनी बिरुद्ध कर्तव्य ज्यान मुद्वा शिर्षकमा मुद्वा दर्ता भई स्याङ्जा जिल्ला अदालतको २०७३ साल साउन २० गतेको फेसलाले एक वर्ष कैद सजाय ताकेको थियो । अदालतको फैसला नमानी फरार रहेका रानालाई खोजी गरिरहेकोमा विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले मिति साउन ११ गते नियन्त्रणमा लिएको हो । पक्राउ परेका रानालाई आईतवार नै
जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट उनलाई ठेकिएको कैद सजाय भुक्तानीको लागि आईतवार नै पर्वत कारागार चलान गरिएको पनि पर्वत प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *