१५ चैत २०७९, बुधवार

काठमाडौंबाट बुर्तिवाङ हिँडेको बस दुर्घटना हुँदा ११ जना घाइते !


बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार विहान सवा सात बजे जिल्ला बागलुङ गलकोट नगरपालिका वडा नम्बर १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्री बस व्रेक फेल भई सडकको कुनामा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालक सहित २२ जना मध्ये ११ जना यात्रुहरु घाईते भएको र उनीहरुको उपाचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याउदै गरेको हवारीको भनाई छ ।
अन्य ११ जना सुरक्षित रहेको बताइएको छ । घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ बार्सीकोटका २७ वर्षीय को गिरी बहादुर परियार, बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ शेराकी ४२ वर्षीया पवित्रा खत्री, गलकोट नगरपालिका वडा नम्बर ३ गणेशचोकका ७३ वर्षीय  हरीलाल खत्री नवलपारासीको सुनौल नम्बर ३ आसामबासी टोलका ४८ वर्षीया तारा पुन, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ का ३३ वर्षीयको राजकुमार कुवँर  सोही ठाउँकी ३० वर्षीया तारा थापा बागलुङको बडिगाड गाउँपाकिा वडा नम्बर २ का १७ वर्षीय विष्णु थापा, भारत घर भई गुल्मी बस्दैआएका १९ वर्षीय अनिल कुवँर, दिलदिप साहनि, बडिगाड गाउँपालिका वडा नम्बर ६ सिमलचौरका ३९ वर्षीय टेक बहादुर राना भारत घर भई हाल गुल्मी बस्ने २५ वर्षीय जिलाजित शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चालक गलकोट नगरपालिका वडा नम्बर १ काफलबुटाका ५२ वर्षीय चित्र बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *