२२ असार २०७९, बुधवार

कालीगण्डकी संरक्षणका लागि कविता प्रतियोगिता हुने !


‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ ।
काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा अहिले देशैभरिका कविहरुले कविता लेखेका छन् ।
कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदीप्त गिरीका अनुसार पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता पठाइसकेका छन् । प्राप्त कविताहरूलाई संकलन गरेर ‘नदी सप्तक’ नामक कवितासंग्रह नै तयार पार्ने लक्ष्य राखिएको छ ।
यता कालीगण्डकी बचाऔं अभियानले आफ्नो अपिलपत्रमा भनेको छ, ‘कालीगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला आएको छ । प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।’
साथै अहिले कालीगण्डकीमाथि विभत्स दोहन चलाइएको र नदीको सभ्यता, पर्यावरण तथा जीविकामाथि गम्भीर संकट पर्ने काम गरिएकोमा अभियन्ताहरूले एक महिनादेखि विरोध गरिरहेका छन् ।

कविता पठाउने मेल:

[email protected]

Leave a Reply

Your email address will not be published.