१६ चैत २०७९, बिहिवार

क्याम्पस प्रमुखमा रेग्मी र विद्यार्थी संयोजकमा तिवारी चयन !

 क्याम्पस प्रमुखमा रेग्मी र विद्यार्थी संयोजकमा तिवारी चयन !धौलागिरी अञ्चलको सबैभन्दा पुरानो मानिने पर्वत बहुमुखी क्याम्पसको प्रमुखमा हेम शर्मा रेग्मी चयन हुनुभएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले क्याम्पस प्रमुखमा रेग्मीलाई चयन गरेको हो । रेग्मी लामो समयदेखी सोही क्याम्पसमा अध्यापन गराउँदै आउनु भएको थियो । त्यस्तै संचालक समितिको बैठकले भूपू विद्यार्थी संगठनको संयोजकमा पूर्व विद्यार्थी दिपक तिवारीलाई चयन गरेको छ ।तिवारी राजनितिक सँगै सफल उद्यमीका रुपमा परिचित छन् । हाल काठमाडौंमा बस्दै आउनु भएका तिवारी फलेवास क्षेत्रको बिकास निर्माण सँगै सामाजिक क्षेत्रमा अतुलनीय योगदान रहेको छ पर्वत बहुमुखी क्याम्पसको विशेष सल्लाहकार समेत रहनु भएका तिवारीले विगतदेखी नै क्याम्पसको शैक्षिक एवम् भौतिक विकासमा अतुलनिय योगदान पुर्‍याउँदै आउनु भएको छ । क्याम्पस प्रमुखमा रेग्मी र भूपू विद्यार्थी संगठनको
क्याम्पस प्रमुखमा रेग्मी र भूपू विद्यार्थी संगठनको संयोजकमा तिवारीको आगमन भएसँगै क्याम्पसको विकास र शैक्षिक समुन्नतमा टेवा पुग्ने विश्वास लिईएको छ । क्याम्पसको भौतिक र शैक्षिक विकासका लागि भूपू विद्यार्थी संगठनले काम गर्ने तिवारीले बताए । क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण भूपू •विद्यार्थीहरुलाई समेटेर क्याम्पसको शैक्षिक विकासमा उल्लेखनीय काम गर्ने योजना रहेको उनको भनाई थियो  । ‘क्याम्पसको शैक्षिक विकासमा सबैले चासो दिनुभएको छ । पर्वत बागलुङ र स्याङजाको शैक्षिक चिनारीका रुपमा क्याम्पसलाई चिनाउनु आजको आवश्यकता हो,’ तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *