१७ चैत २०७९, शुक्रवार

क्रान्तिकारीले गर्‍यो पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध !

नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध गरेको छ ।
बेनीमा मंगलबार र्‍याली र कोणसभा आयोजना गरेर पेट्रोल, खाना पकाउने एलपी ग्याँस र डिजेल लगायतका पेट्रोलियम पदार्थको सरकारले पछिल्लो पटक गरेको मूल्यबृद्धिको विरोध जनाएका हुन् ।
र्‍यालीपछि क्याम्पसचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववीयु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इञ्चार्ज सुरेन्द्र बस्नेतले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको यथासिघ्र खारेज गर्न माग गर्नुभयो ।
मूल्यवृद्धि समायोजन नगरे नेपाल सरकार र आयल निगम विरुद्ध कडा संघर्षका कार्यक्रम गर्ने र सोको जिम्मेवारी महँगी निम्ताउने हुनुपर्ने उहाँले बताउनुभयो कोणसभाको सञ्चालन अखिल क्रान्तिकारी म्याग्दीका सचिव ज्वालाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *