१२ असार २०७९, आइतवार

गंगा पौडेल चार दिनदेखि बेपत्ता !


म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोकमा बस्ने गङ्गा पौडेल चार दिनदेखि बेपत्ता भएकी छन् ।
साउन २२ गते शुक्रबार बिहान ५ः४० देखि परिवार, आफन्त र छिमेकीको सम्पर्क बाहिर रहेकी ४० वर्षिया गङ्गा परिवार सहित बेनी नगरपालिका–८ क्याम्पसचोकमा बस्दै आएकी थिइन् ।

बागलुङ नगरपालिका-१४, नारायणथान चौर घर भएका उनको अस्पताल चोक बेनीमा केशव मोवाइल एण्ड इलेक्ट्रिकल्स पसल समेत रहेको छ । ब्यवसायी श्रीमान केशव पौडेल, एक छोरा र छोरीसँगै बस्दै आएकी उनी केही बर्ष पहिलेदेखि बिरामी समेत रहेको आफन्तले बताए । आफन्त र सम्भावित ठाउँमा खोजी गर्दा पनि नभेटिएपछि आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी गरेको उनका दाजु बिष्णु अधिकारीले बताए । बेपत्ता गंगालाई देख्नु र भेटाउनेले ९८५७६४०४४८ मा सम्पर्क गर्न वा प्रहरीलाई खबर गरिदिनुहुन परिवारले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.