१५ चैत २०७९, बुधवार

गलकोटमा ४ मजदुरको मृत्यु, दुईको अवस्था गम्भीर


सुरेश छन्त्याल/बागलुङ
गलकोट नगरपालिका ७ मल्ममा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति ज्यान गएको छ ।
गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो । रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । मजदुरी गर्दै आएका १४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा फर्केपछि बिरामी परेको डिएसपी हवारीले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको हवारलिे बताउनुभयो ।


मदिरा सवेन गरि फर्कीने क्रममा बिरामी परेका उनीहरुलाई जनप्रतिनिधी तथा स्थानीयको सक्रियतामा ईमरजेन्सी पोलिक्लीनिक हटियामा उपचारको लागी सोमबार रातीनै ल्याईएको थियो । पोलिक्लिनीकमा आउदा उनिहरुको अबस्था गम्भीर रहेकोले तत्कालै धौलागिरि अस्पताल रिफर गर्नुभयो । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको धौलागिरी अस्पतालमा उपचार गरि थप उपचारको लागी पोखरा रिफर गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । अस्पतालका अनुसार उनीहरुको मृगौला र मुटुमा समस्या छ । बिरामीले निरन्तर बान्ता गरिरहेका छन् । उनीहरुको अबस्था गम्भिर छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *