१४ जेठ २०८०, आइतवार

गाउँपालिकाका अध्यक्षको निधन !

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । उनको शुक्रबार राति उपचारको क्रममा निधन भएको हो ।

रक्तचाप कम भएपछि उनलाई शुक्रबार बेलुका ६ बजे अस्पताल लगिएको थियो । राति एक बजे उनको निधन भएको हो ।

अध्यक्ष यादवको शव शनिबार बिहानै घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेका तर्फबाट चुनाव जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *