१७ चैत २०७९, शुक्रवार

जनसन्देश अनलाइनको कार्यालय उद्घाटन !



बि.एस.आर मास मिडिया प्रालिद्धारा विगत १ बर्षदेखि सञ्चालनमा आएको जनसन्देश डट.कमको बुधाबार विधिवत रुपमा कार्यालय उद्धघाटन गरिएको छ । म्याग्दी सदरमुकाम बेनीको इन्द्रेणी टोलमा स्थापना गरिएको उक्त कार्यालयको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले उद्घाटन गर्नु भएको हो ।


कार्यालयको उद्घाटन गर्दै खड्काले पत्रकारको कलम कसैको आँखाको कसिंगर बन्न नहुने बताउनु भयो । उहाँले ब्यक्ति ब्यक्तिले अनलाईन सञ्चार माध्यम खोल्दै आएको र भ्रमित समाचार आउने गरेकाले वास्तबिक सूचना सम्प्रेसण गर्ने अनलाइन माध्यमहरु पनि आलोचित बन्दै जानु परेको बताउनु भयो । पाठक बर्गले समाजमा रहेका वास्तविक खोजमुलक समाचारहरु बढी मात्रामा खोजिरहेको बताउँदै खोजमुलक पत्रकारिता गर्नुपर्ने उहाँको भनाई थियो ।


त्यसैगरि अनलाइनका सम्पादक अमित विश्वकर्माले सबै पक्षलाई समेटेर सत्य तथ्य समाचारहरु प्रकाशन गरिने बताउनु भयो । कसैको पक्ष र विपक्षमा भन्दापनि समाजिक हितमा अनलाइनले काम गर्ने बताउनु भयो । बि.एस.आर मास मिडिया प्रालिका अध्यक्ष बिमल रिजालको अध्यक्षता अनलाइनका सञ्चालक सन्दिप शर्मा रिजालको सञ्चालन र सम्पादक विश्वकर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा म्याग्दीमा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *